Nepali Lyrics
Verified Textतपाइँको मुहार
नहेरी बाच्नु भन्दा
तपाइँको मुहार हेरेर मर्नु
(मेरो लागी उत्तम हो ) x२
संसारको सबै कुरा
संसार तिमी लैजाउँ
(स्वार्गको येशु मलाई देऊ ) x२
मेरो आनन्द पूरा हुन्छ
तपाइँ को उपस्थितिमा
मेरो खोजाईको अन्त हुन्छ
तपाइँको बचनमा
(पानीको मुहान फुटे झै तिम्रो माया
फुटेर भिजाउछ रुखो मेरो जिबन ) x२
हजारौं दिन संसारमा जिउनु भन्दा
तपाइँसंग जिएको (एक दिन काफी हो ) x २
मेरो मनोरथ पूरा हुन्छ
तपाइँको उपस्थितिमा
मेरो तृष्णा तृप्त हुन्छ
तपाइँको बचन मा