Nepali Lyrics
Verified Textवेर्स १
बेथलेहेम गाउँमा आज ज्योति उदायो
त्यो ज्योतिले संसारलाई उज्यालो बनायो
राजा जन्मिए गोठमा बचाऊन सारा संसारलाई
गाईदेउ, नाचीदेउ एकसाथ हासीदेउ
येशुमा जीवन छ सबलाई बाडीदेउ
वेर्स २
पापको ज्याला मृत्यु थियो मृत्युको उपाय थिएन
मानिसलाई बचाउन मानिसनै बनि आउनु पर्यो
राजा जन्मिए गोठमा बचाऊन सारा संसारलाई
गाईदेउ, नाचीदेउ एकसाथ हासीदेउ
येशु नै बाटो हुन् सबलाई देखाईदेउ
वेर्स ३
धर्म र कर्मले मानिसलाई कहिले बचाउन सक्दैन
येशुमा विश्वास गरेमा धार्मिकता हाम्रो नीशैत्ता
राजा जन्मिए गोठमा दिनलाई उनको धार्मिकता
गाईदेउ, नाचीदेउ एकसाथ हासीदेउ
येशु नै सत्य हुन् सबलाई बुझाईदेउ
येशुमा जीवन छ सबलाई बाडीदेउ
येशु नै बाटो हुन् सबलाई देखाईदेउ