Nepali Lyrics
Verified Textभर्स १:
(सागर छ कति गहिरो कहाँ टुंगिन्छ गगन
ताराहरु छन् असंख्य नापनै नसकिने धन)२
(सब भन्दा छ विशाल त्यो येशु तपाईंको मन)२
भर्स २:
(भन्छौं आमाले छोडेनी मलाई छोड्दिन
बाचा भयो अनन्तको कहिले म तोड्दिन)२
(ऋण लायौं कस्तो प्रेमको चुकाउनु सक्दिन)२
भर्स ३:
(मीठो तपाईंको अनुग्रह सुन्दर यो समय
तपाईं नजिक आउँदा ये शु भाग्छ सारा भय)२
(तपाईंको आनन्दमा पाए मेरो ठूलो विजय)२
भर्स ४:
(बाची रहन्छु तपाइँको प्रेममा
हाँसी रहन्छु तपाइँको प्रेममा)*२
(तपाईंको अङ्गालोमा फुलेको छ जीवन यो
आराधनाको धागोले उनेको छ जीवन यो)*२