Nepali Lyrics
Verified Textहन्नाको प्रार्थना सुन्नुहुने
दानियललाई जवाफ दिनुहुने
दाउदलाई विजय दिनुहुने
हाम्रो परमेश्वर हाम्रो उद्धार गर्नुहुने
हाम्रो परमेश्वर हाम्रो पुकारा सुन्नुहुने
प्रार्थनामा टेक्छौ घुडा आज
पोक्छौ बिलौना तपाई अघि
सुनिदिनुहोस् सुनिदिने
तपाई बाहेक छैन काेहि
(तपाई बाहेक हे परमेश्वर हाम्रो छैन कोहि)२
अय्युबकको सुदिन फर्काउनु हुने
इस्रायलको साथ साथ हिड्नु हुने
अब्राहामलाई बोलाउनु हुने
हाम्रो परमेश्वर हाम्रो उद्धार गर्नुहुने
हाम्रो परमेश्वर हाम्रो पुकारा सुन्नुहुने
बुआ भनेर हामीलाई
चिनाउनु भो आफैलाई
मानिसको वास्ता गर्नु भई
आउनुभो आफै मानिस भई
(तपाईको प्रेममा बाहेक आशा छैन कहि)२
सद्रक मेशक अबेदनागो संग आगोमा हिड्नुहुने,
मोशालाई मित्र भन्नुहुने
हाम्रो परमेश्वर हाम्रो उद्धार गर्नुहुने,
हाम्रो परमेश्वर हाम्रो पुकारा सुन्नुहुने