Nepali Lyrics
Verified Textप्रभु मलाई बचाउनुहोस आत्मिकी भ्रमबाट
अभिनयको जीवन होइन, आराधनाको जीउनेछु म
प्रदर्शन र प्रतिस्पर्धा नबनोस मेरो धार्मिक्ता
बचाउनोस ठूलो धोकाबाट
वरदान असल छ औ ज्ञान पनि,
तर फलले छुट्टाउँछ साँचो हो भनि
सरल ईमान्दार प्रेमले भरिउँ
तपाई र मानिसहरू प्रति
प्रभु मलाई बचाउनुहोस आत्मिकी भ्रमदेखि
गोप्य जीवनमा धर्मी म हुन
चाहन्छु तपाईलाई खुसी तुल्याउन
तपाईले देख्नुभए पुग्नेछ,
ख्रीष्टको स्याबासीले हुन्छु सन्तुष्ट
प्रभु मलाई बचाउनुहोस आत्मिकी भ्रमबाट
अभिनयको जीवन होइन, आराधनाको जीउनेछु म
प्रदर्शन र प्रतिस्पर्धा नबनोस मेरो धार्मिक्ता
बचाउनोस ठूलो धोकाबाट